साविकको कुल्देवमाण्डौं गाविस हालको वुढीगंगा नगरपालीका वडा नं. ६ स्थित टाँटेमा रहेको जिल्लाको पुरानो सदरमुकाम स्थित प्रमुख जिल्ला अधिकारीको कार्यालय अन्तरगत वि.सं. २०२७ सालमा कृषि फाँटको स्थापना भइ एक जना जे.टि.ए. द्वारा उन्नत कृषिको प्रचार प्रसार गर्ने र कृषकहरुलाई उन्नत प्रविधि सिकाउने कार्य शुरु भएको थियो । ०३४ सालदेखि मात्र यस जिल्लामा अधिकृत स्तर दरबन्दी श्रृजना भई अलग्गै कार्यालय, कृषि शाखाको रुपमा स्थापना भएको थियो । २०४९ सालमा विभिन्न शाखाहरुमा बाँडिएका कृषि कार्यक्रमहरु एकिकृत रुपमा एउटै छाना मुनिको अवधारणा अनुसार जिल्ला कृषि विकास कार्यालय स्थापना भएको थियो । २०५२ साल श्रावण १ गतेबाट पुनः एकिकृत कार्यालयहरुलाई छुट्टा छुट्टै रुपमा राख्ने सरकारको निर्णय अनुसार 207५ साल असार सम्म जिल्ला कृषि विकास कार्यालय मार्फत कृषि प्रसार सेवा प्रवाह हुँदै आएकोमा कार्यालय खारेज भएको थियो। संविधानमा रहेका कृषि सम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्र्दै कृषकहरुलाई आवश्यक ज्ञान, सिप, प्रविधिको लागि सहजिकरण र क्षमता अभिवृद्धि मार्फत सशक्तिकरण गर्दै उनीहरुको आवश्यकता अनुसारका कृषि विकासका कार्यक्रमहरु तर्जूमा र कार्यान्वयन, खाद्य सुरक्षा र आर्थिक वृद्धि लगायतका राष्ट्रिय लक्ष्यहरु र दिगो विकास लक्ष्य लगायतका विभिन्न अन्तराष्ट्रियप्रतिवद्धताहरु पुरा गरिकृषिको विकास र जीविकोपार्जनको आधार कायम राख्नका लागि स्थानीय आवश्यकता र राष्ट्रिय प्राथमिकताका बिचमा तादम्यता रहने गरि मुलुकको संघीय संगठनात्मक संरचनामा प्रदेश सरकार मातहत रहने गरि कृषि विकासको मुख्य आधारका रुपमा कृषि ज्ञान केन्द्रहरुको व्यवस्था गरिए अनुरुप नेपालको संविधान २०७२ वमोजिम संघ, प्रदेश र स्थानिय तह गरी तिन तहको शासकिय स्वरुप तथा प्रशासनिक संरचना तयार भई सोही अनुसार शुदुरपश्चिम प्रदेश सरकार अन्तरगत बाजुरा जिल्ला कार्यक्षेत्र रहने गरी वि. सं. २०७५ असारमा साविकको जिल्ला कृषि विकास कार्यालय खारेज भई २०७५ श्रावण १ गते देखि कृषि ज्ञान केन्द्र बाजुराको स्थापना भई कृषि प्रसार सेवाटेवाका कार्यक्रमहरु संचालन हुँदै आईरहेका छन् ।
Read More
News/Event and Notices
|
Name/Title |
Subject |
Downloads |
No record found. |
|
Name/Title |
Subject |
Downloads |
No record found. |
|
Name/Title |
Subject |
Downloads |
No record found. |
|
Name/Title |
Subject |
Downloads |
No record found. |