महत्त्वपूर्ण सूचना

सुदुरपश्चिम प्रदेश सरकार
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कृषि विकास निर्देशनालय
कृषि ज्ञान केन्द्र, बाजुरा
मार्तडी, बाजुरा
CMS

पृष्ठभूमि

ऐतिहासिक पृष्ठभुमिः नेपालमा सर्वप्रथम वि.सं.१९९६ मा चेकपोष्ठ ( पशु क्वारेन्टाईन चेकपोष्ठ ) स्थापना भएका थिए । यसै समय सम्म ५ वटा पशु विकास फर्म स्थापना भएका थिए । वि.सं.२०२२ साल सम्म उक्त संस्थाहरु कृषि विभाग अन्तरगत राखिएका थिए । वि.सं.२०२३ साल देखि पशु विकास तथा पशु स्वास्थ्य विभागको स्थापना गरी पाचौ वर्षिय योजना देखि पशु स्वास्थ्य पशु आहारा पशु प्रजनन तथा व्यवस्थापन सेवालाई एकिकृत रुपमा कृषकहरुको घर दैलोमा पुर्याउने उदेश्यले समन्वयात्मक पशु सेवा कार्यक्रम संचालन गरिएका थिए । कृषिका सम्पुर्ण कार्यहरु समन्वयात्मक रुपले लग्नको लागि पशु विकास तथा पशु स्वास्थ्य विभागलाई कृषि विभागमा गाभियो । वि.सं. २०३६ सालमा पशु विकास तथा पशु स्वास्थ्य विभाग कृषि विभागवाट छुट्टिई अलग खडा भयो । क्रमिक रुपमा ठछ जिल्लामा जिल्ला पशु सेवा कार्यालय गाउँ स्तरमा सेवाकेन्द्र र उपकेन्द्रको स्थापना भए । तत्कालिन श्री ५ को सरकारको वि.सं.२०४९/०४/०१ को निर्णायानुसार सोही मिति देखि कृषि क्षेत्रका सवै निकायलाई समेटी कृषि विभागमा पुनः गाभियो । तत्कालिन श्री ५ को सरकारको मिति २०५२/०३/०५ को निर्णयानुसार वि.सं.२०५२/०४/०१ देखि लागु हुने गरि कृषि विभागवाट पशु विभाग अलग अस्तित्वमा स्थापना भयो । पाचौ विकास क्षेत्रमा क्षेत्रीय निर्देशनालय तथा जिल्लामा जिल्ला पशु सेवा कार्यालय सो अन्तरगत सेवा केन्द्ररउप केन्द्र रही कार्यक्रम संचालन भई रहेको छ । परिचयः विकेन्द्रीकरणको सिद्धान्त अनुसार वि.सं.२०४० सालमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्र दिपायलको राजपुरमा क्षेत्रीय पशु सेवा निर्देशनालयको स्थापना भयो । वि.सं.२०४० देखि वि.सं.२०४८ साल सम्म छुट्टै निर्देशनालयको रुपमा कार्य गरि रहेकोमा वि.सं. २०४९/०४/०१ देखि २०५२ अषाढ मसान्त सम्म क्षेत्रीय कर्षि विकास निर्देशनालयमा गाभियो तत्कालिन श्री ५ को सरकारको २०५२/०३/०५ को निर्णयानुसार २०५२/०४/०१ देखि मिति २०७५/०४/२२ गते सम्म क्षेत्रीय पशु सेवा निर्देशनालयको रुपमा कामकाज गर्दे आईरहेको देश संघीयतामा गइसकेकोले ७ वटै प्रदेशमा एक(एक वटा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय स्थापना गर्ने उदेश्यले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेश धनगढी कैलालीको मातहतमा रहने गरि प्रदेश सरकार सुदूरपश्चिम प्रदेश मन्त्री परिषद्को मिति २०७५/०४/२३गतेको निर्णायानुसार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको स्थापना भएको हो । हाल यस निर्देशनालय अन्तरगत ४ वटा शाखाहरु रहेका छन् ।